मन्त्रिपरिषद् बैठक बस्दै, धितोपत्र बोर्डले पाउला नयाँ अध्यक्ष ?


काठमाडौं – आज दिनको ३ बजे मन्त्रीपरिषद् बैठक बस्दैछ। यो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले विविध एजेन्डा राखे पनि नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिको सम्भावना पनि छ। धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको समितिले ३ जनाको नाम पठाइसकेको।

५ जनाको नाम सर्टलिस्ट गरेर शुक्रबार अन्तरवार्ताका लागि बोलाइएको थियो। ती मध्यबाट अर्थमन्त्रालयमा ३ जनाको नाम शुक्रबार नै पठाइएको थियो। 

पठाइएको सो ‘लिस्ट’ आजको क्याबिनेटमा प्रस्तुत हुने सम्भावना छ। जसअनुसार आज धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउने सम्भावना छ।