काठमाडौं – चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ। यसबाट कुल ४० करोड रुपैयाँ बराबरको पूँजी संकलन हुनेछ। उक्त हकप्रद शेयर हाल कायम शेयरधनीहरूलाई १ः१ अनुपातमा जारी गरिनेछ।
यस सम्बन्धमा चिरख्वा हाइड्रोपावर लिमिटेड र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच जेठ ६ गते निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ।






About Us
प्रतिक्रिया