निजामती विधेयक: महिला कर्मचारीका लागि ‘महिनावारी बिदा’ थप


काठमाडौं – सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक, २०८३’ महिला कर्मचारीलाई महिनावारी-रजस्वला विदा दिने व्यवस्था गरिएको छ।

विधेयकमा निजामती कर्मचारीलाई ९ प्रकारको विदाको व्यवस्था प्रस्ताव गरिएको छ, जसमा सरकारले महिला कर्मचारीलाई प्रदान गरिने सेवामा थप गर्दै विधेयकमा महिनावारी-रजस्वला विदा थप गरेको हो।

तर, विधेयकमा महिनावारी बिदा कति दिन पाउने भन्ने स्पष्ट व्यवस्था गरिएको छैन।