२५.१ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ, ७१ हजार नगद बरामद


काठमाडौं – काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटबाट प्रहरीले २५.१ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङका विवेक भण्डारी, मोरङका मोहन बस्नेत, डोटीका मनोज सिंह र कञ्चनपुरका अनिल चन्द रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट डिजिटल तराजु, चार थान मोबाइल फोन र नगद ७१ हजार रुपैयाँसमेत बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार २०८३ असोज १६ गते साँझ करिब ५ बजे ट्याङ्लाफाँट क्षेत्रमा लागुऔषध ओसारपसार तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले चेकजाँच गरेको थियो। सो क्रममा उनीहरूलाई उक्त सामग्रीसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।