काठमाडौं – प्रदेश सरकारहरूले १ महिनामा १८३ अर्ब ९७ करोड रुपैयाँ हाराहारी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष चालु आर्थिक २०८३/८४ को पहिलो महिना साउनमा ७ प्रदेश सरकारले १८३ अर्ब ९७ करोड रुपैयाँ हाराहारी खर्च गरेका हुन्।
यस्तै, सो अवधिमा प्रदेश सरकारहरूले कुल २१६ अर्ब २३ करोड रुपैयाँ स्रोत परिचालन गरेका छन्। प्रदेश सरकारहरूले परिचालन गरेको कुल स्रोतमा संघीय सरकारबाट प्राप्त अनुदान तथा विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वको हिस्सा ठूलो रहेको छ।
तथ्यांकअनुसार नेपाल सरकारबाट हस्तान्तरण भएको अनुदान तथा विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १५९ अर्ब ४२ करोड रूपैयाँ प्राप्त भएको छ। यस्तै, प्रदेश सरकारहरूले आन्तरिक रूपमा परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ५५ अर्ब २६ करोड रूपैयाँ रहेको छ।






About Us
प्रतिक्रिया