कृषि विकास बैंकको सञ्चालक बने अर्थमन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय


काठमाडौं – अर्थमन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका छन्। पाण्डेयले जेठ ८ गते बसेको बैठकबाट सञ्चालक समितिको सदस्यको रूपमा शपथ ग्रहण गरेका छन्।

बैंकका पूर्व सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले राजीनामा दिएपछि सहसचिव पाण्डेयलाई सञ्चालक समितिको सदस्य तोकिएको हो। पाण्डेय मन्त्रालयको प्रशासन महाशाखामा कार्यरत छन् ।