काठमाडौं – अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराधहरू बढ्दै गएकोले त्यस्ता प्रकृतिका अपराध नियन्त्रण र अनुसन्धानलाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन आयोजित एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अपराध नियन्त्रण र अनुसन्धान कार्यमा थप ज्ञान, सिप र क्षमता प्रदान गर्ने उद्देश्यले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराधको नियन्त्रण, रोकथाम तथा प्रभावकारी अनुसन्धानमा सरोकारवाला निकायहरूबीच एक दिवसीय अन्तरक्रिया कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयका, प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लव भृकुटीमण्डलमा भएको थियो ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका, प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी,प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धिताल,प्रहरी उपरीक्षकको सहभागिता रहेको थियो । साथै, नेपाल राष्ट्र बैंक प्रतिनिधि, अन्य बैंकका प्रतिनिधिहरू, इन्टरनेट सेवा प्रदायक संस्था, विभिन्न डिजिटल वालेट कार्यालयका प्रतिनिधिहरू, सरकारी निकाय प्रतिनिधिहरू, प्रहरीका अनुसन्धान अधिकृतहरू, विभिन्न क्षेत्रका विज्ञ तथा अन्य सरोकारवाला निकायका प्रतिनिधाहरूको सहभागिता रहेको थियो ।





About Us
प्रतिक्रिया