विश्वविद्यालयहरूमा हुने ‘रिसर्च’लाई उद्योगको आवश्यकता र अर्थतन्त्रको मागसँग जोड्ने लक्ष्यसहित ‘सेन्टर फर एकडेमिया इन्डस्ट्री लिंकेज एण्ड इन्टरनेसनल कोल्याबोरेसन’ ‘कैलिक’ स्थापना भएको छ। यो संस्था कैलिकले नेपालका युनिभर्सिटीहरूमा गरिएका रिसर्च र इन्डस्ट्रीलाई औद्योगिक क्षेत्रलाई चाहिने रिसर्च मा ब्रिजिङको काम गर्ने र यङ ट्यालेन्टहरुलाई बैंकिङ्ग फाइनान्सिङ गराउनको निमित्त इनोभेसनका निमित्त इन्भेस्टमेन्ट खोज्ने र त्यसलाई प्रबर्धन गर्ने काम पनि गर्छ। युनिभर्सिटीमा हुने रिसर्चलाई इन्डस्ट्रीमा लगेर कसरी लिंक गराउन सकिन्छ ? कसरी कमर्सियल बनाउन सकिन्छ ? भनेर काम गर्ने लक्ष्य सहित केही समययता यो सक्रिय भएको छ। जसका निमित्त अन्तर्राष्ट्रिय प्रोफेसरहरूसँग पनि लिंक गरेर यसले काम गर्दै आइरहेको छ। यही संस्थाका प्रमुख तथा एड्भान्स इन्जिनियरिङ कलेजका सह प्राध्यापक इ. डा. शंकर ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश:

तपाईँहरूले यो कैलिक संस्था, सेन्टर फर एकेडेमिया इन्डस्ट्री लिंकेज एण्ड इन्टरनेसनल कोल्याबोरेसन सुरु गर्नुभएको छ। सुरुमा चाहिँ यो संस्था के हो अनि यसले के काम गर्छ? यसको अलिकति परिचय दिनु न।
हामीले अहिले विश्वविद्यालयमा टिचिङ, रिसर्च हुन्छ, पब्लिकेसनहरू हुन्छन्। इन्डस्ट्रीमा कन्सल्टिङ हुन्छ, प्रडक्ट म्यानुफ्याक्चरिङ हुन्छ, ट्रेडिङ हुन्छ। तर, इन्डस्ट्रीमा इनोभेसनको कमी छ। अनि विश्वविद्यालयमा भएको रिसर्च एण्ड डेभलपमेन्ट, इनोभेसन चाहिँ थेसिसमा सीमित भइरहेका छन्। यही खाडल पुर्ने लक्ष्यसहित ‘ब्रिजिङ’को काम गर्न यो संस्था स्थापना भएको हो। हाम्रो जस्तो अल्पविकसित, विकासोन्मुख देशका लागि हामीले अन्तर्राष्ट्रिय पार्टनरहरूसँग पनि सहायता लिनुपर्छ, सपोर्ट लिनुपर्छ। इन्टरनेसनल रिसर्चहरू, विज्ञहरूको प्राज्ञसँग पनि सहकार्य गर्नुपर्छ। त्यसैले यो सेन्टर फर एकेडेमिया इन्डस्ट्री लिंकेजेस एण्ड इन्टरनेसनल कोल्याबोरेसन बनाइएको हो।
यो आइडिया चाहिँ कसरी आयो? विश्वविद्यालयमा ‘योङ ट्यालेन्ट’हरूको आइडिया र इन्डस्ट्रीको ग्यापलाई फुलफिल गर्नुपर्छ भन्ने सोच कसरी आयो?
अब यसमा अलिकति म आफै यसको संस्थापक चिफ भएकाले मेरो आफ्नै विगतका अनुभवमा बढी टेकिएको छ। यद्यपि त्रिभुवन विश्वविद्यालय, एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको पनि यो डाइरेक्शनमा अगाडि लानुपर्छ भन्ने उहाँहरूले पनि रियलाइज गरिरहनुभएको थियो। मैले जापानबाट पिएचडी गरेँ, अस्ट्रेलियामा रिसर्च इन्गेजमेन्ट भयो। त्यहाँ जुन खालको इनोभेसन, इनोभेसनप्रेनरशिपका गतिविधिहरू देखियो र त्यसको इम्प्याक्ट देखियो। नेपालमा पनि म राष्ट्रिय आविष्कार केन्द्रमा आर एन्ड डी सुपरभाइजरको रूपमा काम गरेँ। नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) मा सिनियर टेक्निकल अफिसरको रूपमा काम गरेँ।

त्यो गर्दै गर्दा हामीले इन्डस्ट्रीमा भएका समस्यालाई समाधान र सानो ‘स्केल’मा इनोभेसन गर्यौँ भने राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्न सक्छ। खासमा, एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सुरु गरेको यो कैलिक सेन्टर एउटा सुरुवात मात्र हो। यसलाई देशव्यापी रूपमा सबै विश्वविद्यालय र सबै कलेजहरूमा विस्तार गर्नुपर्छ। एउटा पोजेटिभ भाइरस जस्तो हो भन्ने हिसाबले सुरुवात गरेका छौँ।
यो कैलिकले कसरी काम गर्छ? विद्यार्थीहरूलाई उद्योगसम्म जोड्छ ?
कन्सेप्टका धेरैवटा आयाम र आधारहरू छन्। सर्वप्रथम त हामी पहिला इन्डस्ट्रीसँग डाइलग गर्छौँ। इन्डस्ट्रीका ग्यापहरू के हुन्, निड्सहरू के हुन्, इनोभेसन आवश्यकताहरु के हुन्, समस्या के–के हुन्, समस्या समाधाना लागि उहाँहरूको आवश्यकता के हो। त्यो पहिचान गर्न जरुरी छ। त्यो सुरुवात पनि भइसकेको छ। त्यसपछि हामी तिनै आइडियामा टेकेर अप्लाइड रिसर्च, अप्लाइड इनोभेसनको काम विश्वविद्यालयमा बसेर गर्छौँ। अर्को कुरा, कतिपय अवस्थामा इन्डस्ट्रीलाई नै थाहा हुँदैन कि अहिले ग्लोबल भिलेजमा स्टेट अफ द आर्ट के छ, इन्डस्ट्रीमा इनोभेसन गर्न, इफेक्टिभनेस बढाउन अहिले के-के प्रविधि आएका छन्। अहिले एआईको जमाना छ, रोबोटिक्सको जमाना छ, थुप्रै एड्भान्स टेक्नोलोजी र मेथोडोलोजीहरू आएका छन्।
रिसर्चचाहिँ यो संस्थाले नै गर्छ कि विद्यार्थीलाई सहजीकरण गर्छ ?
स्वाभाविक रूपमा, हामी एउटा विश्वविद्यालय क्याम्पस भएकाले हाम्रो आफ्नै एकेडेमिक्स र मुख्यतः विद्यार्थीहरूलाई इन्गेज गर्छौँ। तर, मैले अघि पनि भनेँ, यो विश्वविद्यालयको इकोसिस्टममा मात्रै सीमित हुँदैन। यो इन्डस्ट्री टार्गेटेड भएकाले यो सेन्टर अन्तर्गत इन्डस्ट्रीका साथीहरू पनि हुन्छन्। जस्तो बैंकिङ्ग क्षेत्रका साथीहरू छन्, विभिन्न इन्जिनियरिङ सेक्टरका साथीहरू छन्, ल र रेगुलेसनका साथीहरू छन्, गभर्मेन्टका साथीहरू छन्। त्यसैले यहाँ रिसर्च एण्ड डेभलपमेन्ट एक्टिभिटीजमा इन्भल्भ हुनेहरू म लगायतका विज्ञहरूको समूह हुन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको हाम्रो इनहाउस टीम हुन्छ। भिजिटिङ रूपमा बाहिरका इन्डस्ट्रीका साथीहरू पनि हुन्छन्, इन्टरनेसनल एडभाइजरहरू पनि हुन्छन्, गभर्मेन्टबाट पनि हुन्छ।

यसका निम्ति तपाईँहरूले कति उद्योगहरूसँग छलफल गर्नुभयो ?
अहिले यो सेन्टर फाउन्डिङ स्टेजमै भएकाले हामीले बेसिकली इनोभेसन इन्स्टिच्युटहरू र पार्टनरहरूसँग फर्मल तथा इन्फर्मल संवाद सुरु गरेका छौँ । त्यसैगरी, म आफै इन्जिनियरिङ सेक्टरको भएकाले कन्सल्टिङ र कन्स्ट्रक्सन इन्डस्ट्रीका साथीहरूसँग, पोटेन्सियल पार्टनरहरूसँग पनि संवाद सुरु भएको छ। अन्तर्राष्ट्रिय स्तरमा ल, रेगुलेसन, डेभलपमेन्ट स्टडिज, इन्जिनियरिङ म्यानेजमेन्टका ठूला प्राध्यापकहरू र विज्ञहरूसँग पनि संवाद भइरहेको छ।
तपाईँहरू त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त एडभान्स इन्जिनियरिङ कलेजमा हुनुहुन्छ। यसमा टीयूको सम्बन्धन प्राप्त अन्य कलेजका विद्यार्थीले आइडिया ल्याए भने तपाईँहरूले ‘पिकअप’ गर्नुहुन्छ?
अफकोर्स गर्छौँ। मैले अघि पनि भनेँ, हामी सानो कमर्सियल वा बिजनेस इन्टेन्सिभ इन्ट्रेस्टबाट मात्रै मोटिभेटेड छैनौँ। हामी यसलाई एउटा रोल मोडलका रूपमा देखाउन चाहन्छौँ, ताकि अरूले यसलाई कपी गर्दा, मिमिक गर्दा यो सफल हुन्छ भनेर देखियोस्। त्यसका लागि हामीले हाम्रो ‘आरएण्डडी’ र ‘इनोभेसन’लाई कमर्सियलाइजेसन गर्दै सफल बिजनेस, स्टार्टअप र उद्यमशीलतामा ढाल्नैपर्छ।
यसको अर्थ कसैले तपाईँसँग नयाँ आइडिया ल्यायो भने त्यसका निम्ति ‘फाइनान्सिङ’ र ‘इन्भेस्टमेन्ट’ खोज्ने काम पनि गर्नुहुन्छ?
सुरुको अवस्थामा हामी रिसर्च एण्ड डेभलपमेन्ट गर्छौँ। इन्डस्ट्री–एकेडेमिया लिंकेज र इन्टरनेसनल कोल्याबोरेसन गरेर काम गर्छौँ। हाम्रो योजना केसम्म छ भने, जस्तो आइडिया स्टुडियो एक प्रकारको ‘आरएण्डडी’ एक्सेलेटर प्रोग्राम हो। त्यसैगरी शार्क ट्यांक इन्डियापछि शार्क ट्यांक नेपाल आउँछ भने, हाम्रै सेन्टरको लिडरशिपमा यस्ता आर एण्ड डी कमर्सियलाइजेसन प्रमोसन र स्टार्टअप एक्सेलेटर प्रोग्रामसम्म जाने उद्देश्य राखेका छौँ ।



About Us
प्रतिक्रिया