विकास बैंकहरूले बदलिँदो प्रविधि र बजार प्रतिस्पर्धाअनुसार आफूलाई रूपान्तरण गर्नुपर्छः सीईओ डा. कट्टेल


काठमाडौं – एक्सेल विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. इन्द्रकुमार कट्टेलले विकास बैंकहरूको वर्तमान प्रमुख चुनौती ग्राहकलाई गुणस्तरीय तथा छिटो सेवा उपलब्ध गराउनु रहेको बताएका छन्।

चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ काे तेस्रो सत्र ‘विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीति’ विषयक छलफलमा बोल्दै उनले बैंकिङ्ग क्षेत्रमा प्रविधिको बढ्दो प्रयोगसँगै ग्राहकको अपेक्षा पनि परिवर्तन भएको बताए। उनले फिनटेक (वित्तीय प्रविधि) ले बैंकिङ्ग च्यानललाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाएको उल्लेख गर्दै बैंकिङ्ग क्षेत्रका लागि फिनटेक प्रतिस्पर्धी नभई सहयात्रीको भूमिका निर्वाह गरिरहेको बताए।

‘आजका उपभोक्ताहरू तत्काल र सहज सेवा खोज्छन्। त्यसैले बैंकिङ्ग क्षेत्रको प्रमुख चुनौती भनेको ग्राहकका आवश्यकता र अपेक्षालाई समयमै सम्बोधन गर्नु हो, ‘उनले भने। डा. कट्टेलले विकास बैंकहरूले बदलिँदो प्रविधि, ग्राहकको व्यवहार र बजार प्रतिस्पर्धाअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले आकारको हिसाबले विकास बैंक सानो भए पनि काम गर्ने हिसाबले विकास बैंकको महत्त्व कम नरहेको दाबी गरे।

Skip This