काठमाडौं – फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले पेमेन्ट प्रणालीबाट सुरु भएका कम्पनीहरूले सेवा विस्तार गर्दै गइरहेकाे बताएका छन्।
चौथो बैंकिङ्ग डिस्कोर्स २०२६ को चौथो सत्र ‘बैंकिङ्गको भविष्य: एआई, साइबर सुरक्षा र फिनटेक’ विषयमा बोल्दै उनले नेपालमा डिजिटल भुक्तानी क्षेत्रले एउटा निश्चित चरण पार गरिसकेको उल्लेख गरे।
सापकोटाले अब यस क्षेत्रलाई थप विस्तार गर्न आवश्यक रहेको बताउँदै पूर्वाधारको अभाव अझै चुनौतीका रूपमा रहेको टिप्पणी गरे। उनले प्रविधि र डिजिटल पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।








About Us
प्रतिक्रिया