साइबर ठगी घटाउन सचेतना अभिवृद्धि गर्न आवश्यक छः डीसीईओ बजगाईं


काठमाडौं – नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आर्दश बजगाईंले साइबर ठगी घटाउन सचेतना अभिवृद्धि आवश्यक रहेको औँल्याएका छन्। चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ को चौथो सत्र ‘बैंकिङ्ग भविष्यः एआई, साइबर सुरक्षा र फिनटेक’ मा बोल्दै उनले सो बताएका हुन्।

डीसीईओ बजगाईंले ९५ प्रतिशत साइबर ठगी मानिसको लोभ र लापरबाहीका कारण हुने भएकाले सचेतना अभिवृद्धि नै यसको प्रमुख समाधान भएको बताए। बैंकिङ्ग प्रणालीलाई आधुनिक र सुरक्षित बनाउन डिजिटल केवाइसीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनले बताए।

Skip This