राष्ट्र बैंकले विकास बैंकलाई सहयोग गर्नुपर्छ: अध्यक्ष श्रेष्ठ


काठमाडौं – डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले नेपाल राष्ट्र बैंकले विकास बैंकहरूलाई सहयोग गर्नुपर्ने बताएका छन्। चौथो नेशनल बैंकिङ्ग डिश्कोर्श २०२६ अन्तर्गत तेस्रो सत्र ‘विकास बैंकहरूको दिगोपन: योगदान, प्रतिस्पर्धा र नीति’ विषयक छलफलमा बोल्दै अध्यक्ष श्रेष्ठले साे बताएका हुन्।

अध्यक्ष श्रेष्ठले विकास बैंकहरूलाई सहयोग गर्नुपर्नेमा नेपाल राष्ट्र बैंकले उनीहरूका गतिविधिमा विभिन्न प्रतिबन्ध लगाएर ‘हातखुट्टा बाँधेर राखेको’ जस्तो अवस्था सिर्जना गरेको बताए।

‘वाफियामा ‘क, ख, ग, घ’ वर्गीकरणको व्यवस्था ल्याइयो, जसले संस्थाको मनोविज्ञानमै असर पारेको छ,’उनले भने। अध्यक्ष श्रेष्ठले कर्जाको माग घट्दा बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न चुनौती सामना गरिरहेको समेत बताए।

Skip This