सम्पत्ति शुद्धिकरणमा राजस्व छली र ठगी उजुरीका चाङः केही बैंकका सीईओ र उच्च व्यापारीहरु छानबिनको दायरामा

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

सम्पत्ति शुद्धिकरण गरी वित्तीय अपराध गर्नेहरुमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरुको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा आउने उजुरीको क्रम बढेको छ । अवैध स्रोतबाट आर्जन गरी कालोधनलाई सेतो बनाउने केही ठूला बैंकका सीईओ, उच्च व्यापारी, सेयर कारोबारीहरू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको विस्तृत छानबिनको घेरामा परेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाल विभिन्न कसुरका गरी २१ सय उजुरी रहेका छन् । तीमध्ये २ सय मुद्दामाथि विस्तृत अनुसन्धान थालिएको छ भने करिब १३ सय उजुरीको प्रारम्भिक अनुसन्धान थालिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सुचना अधिकारी ऋषिराम पोखरेरले जानकारी दिए । उनका अनुसार  सम्पत्ति शुद्धीकरणमा सबैभन्दा बढी बंैकिङ्ग कसुरका उजुरी परेका छन् । यस्तै, कर छली, लागुऔषध, तस्करी, आतंकवादमा वित्तीय लगानीविरुद्धको उजुरी आउने क्रमसमेत बढेको विभागले जनाएको छ ।
\"\"
विभागमा परेका उजुरीमध्ये ७ सयभन्दा बढी बैंकिङ्ग कसुर, भ्रष्टाचार, करछलीसँग सम्बन्धित छन् भने लागुऔषध, धम्की, ठगी अपहरण, मानव बेचबिखन, जाली राहदानीलगायतका उजुरी ७ सय ५० बढी रहेको विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा सम्पत्ति शुद्धीकरणविरुद्धका ८२ वटा उजुरी परेको र चालु आर्थिक वर्षमा ८ वटा उजुरी परेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तंथ्याकले देखाएको छ । 

विभागले गरेको विस्तृत अनुसन्धान अधिकृतहरूका अनुसार विभागमा रहेका २१ सय बढी उजुरीमा ठूलाठूला व्यापारीहरूको समेत नाम किटान गरेर कारबाहीको माग गरिएको छ ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाल विभिन्न कसुरका गरी २१ सय उजुरी रहेका मध्ये २ सय मुद्दामाथि विस्तृत अनुसन्धान थालिएको छ । त्यसमध्ये करिब १३ सय उजुरीको प्रारम्भिक अनुसन्धान थालिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बताएको छ । 

विभागका अनुसार उजुरी परेकामध्ये ७ सयभन्दा बढी बैंकिङ्ग कसुर, भ्रष्टाचार, करछलीसँग सम्बन्धित छन् भने लागुऔषध, धम्की, ठगी अपहरण, मानव बेचबिखन, जाली राहदानीलगायतका उजुरी ७ सय ५० बढी रहेका छन् ।  सम्पत्ति शुद्धीकरणमा सबैभन्दा बढी बैंकिङ्ग कसुरका उजुरी परेको विभागले जनाएको छ । यस्तै विभागका अनुसार कर छली, लागुऔषध, तस्करी, आतंकवादमा वित्तीय लगानीविरुद्धको उजुरी आउने क्रमसमेत बढेको छ । 

विभागमा परेका विभिन्न उजुरी र विभागले गरेको अनुसन्धानका क्रममा गैरकानुनी रुपमा आर्जित कालो धनलाई शुद्धीकरण गर्ने कार्यमा केही बैंकका सीईओ, सञ्चालक, उच्च कर्मचारी अग्रपंक्तिमा रहेको पाइएपछि उनीहरु उच्च निगरानीमा परेका छन् । विभाग स्रोतका अनुसार व्यापारी, राजनितिज्ञ तथा उच्च तहका प्रशासकसमेत सम्पत्ति शुद्धीकरण गरी वित्तीय अपराधको पारो बढाउने खेलमा संलग्न रहेको र उनीहरुलाई पनि निगरानीमा राखिएको छ ।

विभागका सुचना अधिकारी ऋषिराम पोखरेरले अनुसन्धान भइरहेको र तत्काल रिजल्ट आउन समय लाग्ने बताएका छन् । उनी भन्छन, ‘सम्पत्ति शुद्धीकरण मुद्दाहरु बिषेश अदालतमा बिचाराधिन रहेका छन् । केही गरी राज्य हारेको अवस्थामा सर्वोच्चसम्म जान्छौं । अनुसन्धान भइरहेको छ । रिजल्ट आउन नै त केही समय लाग्छ ।’