काठमाडौं – चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ५९ लाख ९३ हजार ५ सय रुपैयाँसहित चिनियाँ नागरिक गुंग यागसहित दुई जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सप्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ज.१ च १६६४ नम्बरको स्कारपियोलाई जाँच गर्दा उक्त नगद फेला पारी स्कारपियोमा सवार उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







About Us
प्रतिक्रिया