नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दुई पूर्व बैंकरसहित ५ जना सर्ट लिस्टमा


काठमाडौं – नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा परेका छन्। कोषको कार्यकारी निर्देशक सिफारिस समितिले अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्टलाई कार्य योजना प्रस्तुति तथा अन्तर्वार्तामा बोलाएको हो।

सर्ट लिस्टमा परेकामा समता पन्त भट्ट र यज्ञप्रकाश न्यौपाने पूर्व बैंकर हुन्। न्यौपानेले कृषि विकास बैंकको उपमहाप्रबन्धक र पन्तले नेपाल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका हुन्।

छनोटमा परेकामध्ये गौतम, घिमिरे, कार्की र न्यौपानेलाई साउन २५ र पन्तलाई २६ गते अन्तर्वार्ताका लागि बोलाइएको छ। मन्त्रालयका अनुसार शैक्षिक योग्यता, कार्यअनुभव, व्यावसायिक तथा वित्तीय कार्य योजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारहरूलाई सर्ट लिस्टमा छनोट गरिएको हो।