काठमाडौं – काठमाडौं महानगरपालिका–११ भद्रकालीबाट अनलाई सट्टावाजी र अभौतिक मुद्राको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १२ बस्ने प्रेम थापा रहेका छन्।
थापालाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले ४ थान मोबाइल, र १ थान ल्यापटपसहित नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा वान एक्स वेट एप्लिकेसनबाट सट्टावाजी गरी हालसम्म २ करोड ७३ लाख ४३ हजार भन्दा बढीको कारोबार गरेको खुल्न आएको छ।
उनलाई पक्राउ गरी सट्टावाजी गर्न गराउन नहुने सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया