खर्च बढेपछि ४६ प्रतिशतले घट्यो गुराँस लघुवित्तको नाफा

खर्च बढेपछि ४६ प्रतिशतले घट्यो गुराँस लघुवित्तको नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४६.८२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ७३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यही अवधिमा लघुवित्तले १ करोड ३८ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नाफा घटेसँगै लघुवित्तको संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ३३.३२ रुपैयाँबाट १८.१६ रुपैयाँ घटेर १५.१६ रुपैयाँमा झरेको छ । चुक्ता पूँजी १६.९१ प्रतिशतले बढाएर ९ करोड ७५ लाख रुपैयाँ पुर्याएको लघुवित्तको जगेडा कोषमा २ करोड ७६ लाख ३० हजार रुपैयाँ छ । जगेडा कोष १३.९२ प्रतिशतले घटेको हो । संस्थाको प्रतिसेयर नेटवर्थ १२८.३४ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९३.५५ गुणा छ ।

पुससस्म्म लघुवित्तले बैंक तथा वित्तीय संस्थासँग ८४ करोड १० रुपैयाँ सापटी तथा सदस्यबाट २४ करोड ६४ लाख निक्षेप संकलन गरेर १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले ३ करोड ५१ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ करोड १६ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

समीक्षा अवधिमा लघुवित्तको सापटी ३२ प्रतिशत, निक्षेप संकलन ३४ प्रतिशत, खुद ब्याज आम्दानी ३ प्रतिशतले बढेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढ्दा लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खराब कर्जा अनुपात ४.७७ प्रतिशतबाट ३.०४ प्रतिशतमा सुधारिएको छ ।