काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको प्रशंसा गर्दै उनीहरूसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
मंगलबार प्रधानमन्त्री शाहले फेसबुकमार्फत आफू, अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल विमानभित्र सँगै उभिएको तस्बिर सार्वजनिक गरेका हुन्। भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किने क्रममा खिचिएको उक्त तस्बिरसँगै उनले दुई मन्त्रीलाई मिहिनेती व्यक्तिका रूपमा चित्रण गरेका छन्।
तस्बिरको क्याप्सनमा प्रधानमन्त्री शाहले लेखेका छन्, ‘देश उभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरु !’प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि भारत भ्रमणमा सहभागी भएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी गरेका थिए।
यसअघि पनि प्रधानमन्त्री शाहले मन्त्री सुधन गुरुङ र सुनिल लम्सालसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै टिप्पणी गरेका थिए।






About Us
प्रतिक्रिया