दोस्रो सर्वाधिक करदाताका रूपमा एबीसी सेक्युरिटिज सम्मानित


काठमाडौं – एबीसी सेक्युरिटिज प्राइभेट लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा दोस्रो सर्वाधिक कर तिर्ने संस्थाका रूपमा सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालयले आयोजना गरेको करदाता सम्मान समारोहमा कम्पनीलाई दोस्रो सर्वाधिक करदाता संस्थाका रूपमा सम्मान गरेको हो। उक्त सम्मान कम्पनीका कार्यकारी अध्यक्ष नितेश कुमार अग्रवालले ग्रहण गरेका थिए।