काठमाडौं – भदौ २३ र २४ गतेको विध्वंसपूर्ण आन्दोलनबाट पुगेको देशको भौतिक संरचनासँगै आर्थिक क्षेत्रमा ठुलो क्षति पुग्यो । संसद् भवन, सिंहदरबार, प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसँगै देशभरका सरकारी भौतिक सम्पत्तिमा ठुलो क्षति पुग्यो ।
आन्दोलनको क्षति यतिमा मात्रै सीमित रहेन । किनकि, भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलन हिंसामा परिणत भएर १९ जनाको मृत्यु भएपछि भड्किएको भिडले २४ गते देशभर विध्वंस मच्चाएको थियो । जसबाट देशैभरका सरकारी सम्पत्ति र प्रहरी कार्यालयहरूसँगै निजी सम्पत्तिमा समेत आक्रमण र तोडफोड भयो ।
भदौ २८ गतेदेखि खुला बनेको अर्थतन्त्र यतिबेला लयमा फर्किने प्रयासमा छ । सिंहदरबार पुनर्निर्माण र सरसफाइ हुँदैछ भने देशभरका प्रहरी कार्यालय बन्ने र बनाउने क्रम जारी छ ।
दुई दिनको विध्वंसपूर्ण आन्दोलनबाट देशको अर्थतन्त्र पुनः एक पटक करिब शून्यमा झरेको थियो । किनकि, नेपाली सेनाले २४ गते राती १० बजेदेखि सुरक्षाको जिम्मेवारी लिएपछि हिड्डुलमा कडाइ गरेको थियो । जसकारण, सबैजसो गतिविधि ठप्प बन्यो र अर्थतन्त्र समेत शून्यमा झर्यो ।
भदौ २८ गतेदेखि खुला बनेको अर्थतन्त्र यतिबेला लयमा फर्किने प्रयासमा छ । सिंहदरबार पुनर्निर्माण र सरसफाइ हुँदैछ भने देशभरका प्रहरी कार्यालय बन्ने र बनाउने क्रम जारी छ । २७ मध्ये २१ वटा ‘स्टोर’मा क्षति पुगेको भाटभटेनी समेत सञ्चालनमा आइसकेको छ ।
दुई दिनको विध्वंसपूर्ण आन्दोलन र त्यसपछिको ४ दिनको तनावपूर्ण स्थितिबाट झन्डै शून्य गतिविधिमा झरेको अर्थतन्त्रलाई दसैंले चलायमान बनाउन थालेको छ । विश्व बैंकको तथ्यांकअनुसार नेपालीले बर्सभरि गर्ने कूल खर्चको ३० प्रतिशत दसैंमा नै गर्छन् । सो तथ्यांकअनुसार बर्सभरि एक नेपाली परिवारले सरदरमा ३ लाख ८० हजार रुपैयाँ खर्च गर्छन्।
जसको ३० प्रतिशत खर्च दसैंमा नै हुने गरेको देखिन्छ । किनकि, दसैंमा लत्ताकपडा, खाद्यान्न, भ्रमण लगायतमा उल्लेख्य खर्च गर्छन् । दसैं, तिहार र छठमा नेपालीले सबैभन्दा धेरै खाद्यान्न र माछा/मासुमा खर्च गर्ने गर्छन् । यहीकारण, जेनजी आन्दोलनले शून्यमा झरेको अर्थतन्त्रलाई गति दिनेछ ।
डेढ खर्बको दसैं
प्रत्येक वर्ष नेपालीहरूले एउटा दसैंमा खर्ब रुपैयाँ वा योभन्दा बढीको खर्च गर्ने गरेका छन् । माछा मासु, यातायात, लत्ताकपडा, खाद्यान्नमा अर्बौं रुपैयाँ खर्च हुन्छ । अनुमानित तथ्यांकअनुसार नेपालमा वर्षभरमा ८ देखि १० अर्बको लत्ताकपडा खपत हुन्छ । जसको ३० देखि ४० प्रतिशत दसैंमा खपत हुन्छ ।
यो भनेको ३ अर्बदेखि ४ अर्ब रुपैयाँ हुन आउँछ । भन्सार विभागको तथ्यांकले समेत अर्बौं रुपैयाँको लत्ताकपडा, जुत्ता/चप्पल आयात हुने गरेको देखाउँछ । जसको ४० प्रतिशत हाराहारी दसैं केन्द्रित खपत हुन्छ।
देशभरका मानिसहरू काठमाडौं उपत्यकामा आएर बसोबास गरिरहेको र दसैं मनाउन अधिकांश घर फर्कने प्रचलन छ । घर फर्कँदा औषत टिकट २ हजार रुपैयाँ रहेको महासंघ बताउँछ।
यसबाहेक, काठमाडौं उपत्यकामा मात्रै दसैंमा कम्तीमा ५० हजारदेखि ६० हजार खसी बोका खपत हुन्छ । यसबाहेक, देशभरमा दसैंमा मात्रै २० लाखभन्दा बढी खसी बिक्ने पशु सेवा विभागको तथ्यांक छ । विभागको तथ्यांकअनुसार वर्षेनी ५० लाख खसी बोका बिक्ने अनुमानित तथ्यांकमा दसैंमा मात्रै २० लाखभन्दा बढी छ ।
प्रति खसी औषतमा २० किलोग्राम हुँदा र प्रतिकिलो १२ सय रुपैयाँका दरले हिसाब गर्दा साढे ३० अर्ब रुपैयाँभन्दा बढीको खसी खपत दसैंमा हुन्छ । यसबाहेक, राँगा, कुखुरा, हाँस, अण्डा, माछा लगायतको हिसाबकिताब गर्दा कम्तीमा ३ अर्बदेखि ४ अर्ब रुपैयाँ हुन आउने तथ्यांक विभागको छ । जसअनुसार दसैंमा कम्तीमा ३५ अर्बको माछा मासु खपत हुन्छ ।
यसबाहेक सडक यातायातमा १२ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने तथ्यांक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको तथ्यांक छ । देशभरका मानिसहरू काठमाडौं उपत्यकामा आएर बसोबास गरिरहेको र दसैं मनाउन अधिकांश घर फर्कने प्रचलन छ । घर फर्कँदा औषत टिकट २ हजार रुपैयाँ रहेको महासंघ बताउँछ।
महासंघको तथ्यांकअनुसार दसैंमा २० लाख हाराहारी मानिस घर फर्किन्छन् । औषतमा २ हजार टिकट दर राख्दा पनि ४ अर्ब रुपैयाँ बराबरको खर्च आउँछ । र, दसैंमा घर जानेहरू फर्किँदा सोही बराबरको खर्च हुँदा ८ अर्ब हुन आउँछ । यसबाहेक, दसैंमा आफ्नै सवारीमा घर जानेहरू, हवाई माध्यमबाट जानेहरूको समेत जोड्दा १२ अर्ब रुपैयाँभन्दा माथिको यातायात खर्च हुन्छ । र आवतजावतमा हुने पेट्रोलियम खर्च समेत जोड्दा यो हिसाब अझै बढ्छ ।
यता दसैंमा खाद्यान्नको व्यापार समेत उल्लेख्यरुपमा बढ्ने गरेको खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा बज्राचार्य बताउँछन् । उनका अनुसार दसैंको समयमा अन्य समयकोभन्दा ३० प्रतिशतसम्म खाद्यान्नको खपत बढ्छ । भन्सार विभागको तथ्यांकअनुसार वर्षेनी चामलको आयात ३८ अर्ब रुपैयाँभन्दा बढीको धान तथा चामल आयात हुने गरेको छ । यसमध्ये ३० प्रतिशत आयात दसैं केन्द्रित हुने बज्राचार्यको भनाई छ ।
यसबाहेक, वर्षेनी खर्ब रुपैयाँभन्दा माथिको खाद्यान्न आयात र खपत हुने गरेकोमा दसैंमा ३० प्रतिशतको व्यापार हुने गरेको उनको भनाई छ । यसको अर्थ दसैंको समयमा मात्रै कम्तीमा ५० देखि ६० अर्ब रुपैयाँको खाद्यान्न खपत हुन्छ । यही सबै खर्च जोड्दा दसैंमा डेढदेखि दुई खर्ब रुपैयाँको कारोबार हुन आउने देखिन्छ।
के भन्छन् विज्ञ ?
अर्थविद् ज्ञानेन्द्र अधिकारी दसैं र तिहारको समयमा कूल आर्थिक गतिविधिको २० देखि ३० प्रतिशतसम्म चलायमान हुने गरेको बताउँछन् । उनकाअनुसार वर्षमा हुने कूल आर्थिक गतिविधिको ३० प्रतिशत दसैंमा नै हुन्छ । सबैजसो कार्यालयहरूले आफ्ना कर्मचारीलाई बोनस दिने गर्छन् ।
यसको अर्थ दसैंको समयमा मात्रै कम्तीमा ५० देखि ६० अर्ब रुपैयाँको खाद्यान्न खपत हुन्छ । यही सबै खर्च जोड्दा दसैंमा डेढदेखि दुई खर्ब रुपैयाँको कारोबार हुन आउने देखिन्छ।
यसबाहेक, सर्वसाधारणले मोबाइल फोनदेखि, टेलिभिजन, लत्ताकपडा, नयाँ सवारी, खाद्यान्न, नयाँ घर पनि दसैंमा नै जोड्न थालेका छन् । यस आधारमा दसैंले देशको अर्थतन्त्रलाई चलायमान बनाउने र आन्दोलनले शून्यमा झरेको अर्थतन्त्रलाई उठाउने प्रयत्न गर्ने उनको भनाई छ ।
त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्राध्यापक डा. रमेश पौडेल दसैंमा डेढदेखि २ खर्ब रुपैयाँको कारोबार हुने बताउँछन् । ‘अघिल्ला वर्षहरूमा ३ खर्ब रुपैयाँ वा योभन्दा बढीको कारोबार हुने गरे पनि युवा विदेश भासिँदा खपत गर्ने मान्छे घटे,’ उनले भने, ‘यही कारण अहिले दसैंमा डेढ खर्बदेखि २ खर्ब रुपैयाँको कारोबार हुन्छ ।’






About Us
प्रतिक्रिया