नापी कार्यालय कलङ्कीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, ४ करोड ७४ लाख बिगो 

काठमाडौं- नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार श्रेष्ठको नियुक्ति भएको मिति २०५३ साउन २७ देखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनको तथा एकाघर परिवारका सदस्यहरूको आय, खर्च र लगानीको विस्तृत विश्लेषण…