काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका– ७ घर भएका ५२ वर्षीय बिरेन्द्र बहादुर कार्की रहेका छन्। बिरेन्द्रले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रुपैयाँ ठगी गरेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई…