काठमाडौं – गत आर्थिक वर्षमा प्रहरीमा बैंकिङ्ग कसुरका १२ हजार ९५० वटा मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीकाअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी बैंकिङ्ग कसुरका घटना काठमाडौं उपत्यकामा दर्ता भएका हुन्। काठमाडौं उपत्यकामा ६ हजार २२ वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन्। त्यस्तै, कोशी प्रदेशमा १ हजार १५७ वटा, मदेश प्रदेशमा १ हजार ७५७…