काठमाडौं - जिल्ला अदालत पर्साले सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मालाई धरौटीमा छाड्न आदेश दिएको छ। अदालतका न्यायाधीश देवीकुमारी चौधरीको एकल इजलासले उनलाई दुई लाख रुपैयाँ धरौटीमा मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्न आदेश दिएको हो। अदालतको आदेशअनुसार उनले दुई लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत दिएर तारेखमा बस्न सक्नेछन्। तोकिएको धरौटी…