काठमाडौं – कृषि फार्मको लागि सहुलियत अनुदान सजिलै मिलाउन सकिन्छ भन्दै विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न वहानामा पटकपटक गरी जम्मा ५ करोड ८० लाख ठगी गर्ने दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको काठमाडौं महानगरपालिका वडा– १३ ताहाँचल बस्ने तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुरको ललितपुर महानगरपालिका, वडा– १४ नखिपोट बस्ने प्रेम नारायण खनाल रहेका छन्। प्रहरीका अनुसार उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान सजिलै मिलाइदिन सक्ने विश्वास दिलाएका थिए।
सोही प्रलोभनमा पारी विभिन्न बहानामा पटकपटक गरी उनीहरुले कुल ५ करोड ८० लाख रुपैयाँ ठगी गरेका थिए। उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको सीआईबीले जनाएको छ।






About Us
प्रतिक्रिया