वाणिज्य बैंकहरूमा गैरबैंकिङ्ग सम्पत्ति ४७ अर्ब ६९ करोड नाघ्यो, कुनको कति ?

'सबैभन्दा धेरै हिमालयन बैंकमा थाेरै राष्ट्रिय वाणिज्य बैंकमा'


काठमाडौं – पछिल्लाे समय वाणिज्य बैंकहरुको गैरबैंकिङ्ग सम्पत्तिमा वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना (भदौ) सम्मकाे तथ्यांकले गैरबैंकिङ्ग सम्पत्तिमा ११.१५ प्रतिशतको वृद्धि देखाएको हो। समीक्षा अवधिमा १९ वटा वाणिज्य बैंकहरूमा कुल गैरबैंकिङ्ग सम्पत्ति ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा १४ वटा वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति बढेको छ भने ५ वटा वाणिज्य बैंकको घटेको छ। तथ्यांक अनुसार वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै हिमालयन बैंकमा ६ अर्ब ४० करोड ९१ लाख रुपैयाँ बराबरको गैरबैंकिङ्ग सम्पत्ति थुप्रिएको छ।

दोस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको छ। ग्लोबल आइएमई बैंकको ५ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा कम २७ करोड ७३ लाख रुपैयाँ रहेको छ।

यस्तै, प्राइम कमर्सियल बैंकमा ४ अर्ब ९० करोड १६ लाख रुपैयाँ, एनआईसी एशिया बैंकमा गैरबैंकिङ्ग सम्पत्ति ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ, नबिल बैंकमा ३ अर्ब ८ करोड २० लाख रुपैयाँ, प्रभु बैंकमा २ अर्ब ५१ करोड ११ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा २ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ, कुमारी बैंकमा २४ करोड ६८ लाख, एनएमबी बैंकमा १ अर्ब ९५ करोड १२ लाख रुपैयाँ र सिटिजन्स बैंकमा १ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ रहेको छ।

साथै, कृषि विकास बैंकमा १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकमा १ अर्ब ३६ करोड १० लाख रुपैयाँ, सानिमा बैंकमा १ अर्ब २७ करोड ३७ लाख रुपैयाँ, सिद्धार्थ बैंकमा ८९ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने माछापुच्छ्रे बैंकमा ६३ करोड ३२ लाख रुपैयाँ, एभरेष्ट बैंकमा ५० करोड ५८ लाख रुपैयाँ, नेपाल बैंकको ३६ करोड ८१ लाख रुपैयाँ रहेको छ।