साताको शेयर:

२७ अंकले घट्यो नेप्से, कारोबार रकम १५ अर्ब बढी


काठमाडौं – यस साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा २७ अंकले घटेको छ। त्यससँगै, १५ अर्बको शेयर कारोबार भएको छ। साताभरमा ४ दिन कारोबार हुँदा ३ दिन बजार बढेको छ भने १ दिन बजार घटेको छ।

साताको पहिलो कारोबारका दिन नेप्से १२.७९ अंकले घटेर बजार २६ सय ३६ दशमलव १० को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, दोस्रो कारोबारका दिन नेप्से ११.०५ अंकले घटेर बजार २६ सय २५ दशमलव ५ को बिन्दुमा बजार बन्द भएको छ।

यस्तै, नेप्से ३.६२ अंकले बढेर बजार २६ सय २८ दशमलव ६७ को बिन्दुमा बन्द भएको भयो। त्यस्तै, शुक्रबार नेप्से ७.३८ अंकले घटेर बजार २६ सय २१ दशमलव २९ को बिन्दुमा बन्द भएको थियो।

कारोबार कति?
मंगलबारः ४ अर्ब ३४ करोड
बुधबारः ४ अर्ब १३ करोड
विहिबारः ३ अर्ब ८६ करोड
शुक्रबारः३ अर्ब ७५ करोड