तेस्रो दिन पनि बढ्यो शेयर बजारः नेप्से ३१.५४ अंकले बढ्दा कारोबार रकम ८ अर्ब


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ३१.५४ अंकले बढेर बजार २६ सय ९५ दशमलव ६० को बिन्दुमा बन्द भएको छ। आज कारोबार रकम समेत बढेर ८ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ।

आज दिनभरिमा ३५० कम्पनी कारोबारमा आउदा १८१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सिद्धार्थ बैंकको २५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा एनआएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले ३.१४ प्रतिशतका दरले गुमाएका छन्।