नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५ अर्बमा झर्याे 


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.३९ अंकले घटेर बन्द भएको हो। यससँगै बजार २६ सय ३६ दशमलव ७५ को बिन्दुमा बन्द भएको छ। त्यस्तै, नेप्से दोहोरो अंकले घटेसँगै ५ अर्ब ४८ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, १ करोड ४७ लाख कित्ता शेयर किनबेच भएको छ।

आज ३५५ कम्पनी कारोबारमा आउँदा ८६ कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै, १७९ कम्पनीको शेयर मूल्य घटेको भने १४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी हिमालयन ऊर्जा विकासको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २४ करोड ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, पिपुल्स हाइड्रोपावरको २२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.८८ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ४.२९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउने कम्पनीमा एलएस होरिजन १२ का लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताका ४.७६ प्रतिशतका दरले गुमाएका छन्।