काठमाडौं – हिमालयन बैंकले भिसाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुईवटा अवार्ड पाएको छ। व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम अधिग्रहणकर्ता रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मान सहित ‘एक्सलेन्स इन कन्ट्रयाक्टलेसअक्वाइरिङ’ र ‘एक्सलेन्स इन पीओएस अक्वाइरिङ विजनेश–प्रिन्सिपल क्लाइन्ट’ गरी दुई विधामा अर्वाड प्राप्त गरेको हो।
भिसाद्वारा प्रदान गरिएका सो सम्मानले बैंकले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा र हौसला प्रदान गरेको बताएको छ।
हाल बैंकले नेपाल भरी फैलिएका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९ एटीएम, ९ हजार भन्दा बढी पीओएस टर्मीनल्स र ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई परिष्कृत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।




About Us
प्रतिक्रिया