एकैदिन १२ हजार २०० रूपैयाँले घट्यो सुन, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। बिहीबार प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने तोलामा १२ हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार प्रतितोला तीन हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार एक सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय २५ रूपैयाँ घटेको हो।