काठमाडौं – नेपाल एसबीआई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ। बैंकले आगामी मंसिर २९ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले विशेष प्रस्ताव अन्तर्गत हाल कायम चुक्ता पूँजीको ३.४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.८५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी दिने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागी हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।





About Us
प्रतिक्रिया