काठमाडौं – पर्साको वीरगञ्ज महानगरपालिका–६, हनुमान टोलस्थित निधि जनरल स्टोरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–७, रामटोल निवासी सुनिल मलीक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सामा पसलमा चोरी भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान गर्ने क्रममा मलीकको संलग्नता खुलेको जनाएको छ।
प्रहरीका अनुसार मलीकको घरमा खानतलासी गर्दा चोरी गरी ल्याइएको भनिएको चाँदीजस्तो देखिने २५ थान सिक्का, एक थान तामाको कचौरा र ५०० रुपैयाँ दरका दुई थान नेपाली नोट बरामद गरिएको छ।
मलीकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




About Us
प्रतिक्रिया