तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं – पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै २७ करोड ८५ लाख रुपैयाँ बराबरको राजस्व छलिका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त परिमाणको किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवयर, मोटरपाट्र्स तथा शृङ्गारका सामग्रीलगायत सामान बरामद गरेको हो। ती सामान ओसारपसारमा संलग्न १० करोड २२ लाखभन्दा बढी मूल्यको सवारी साधनसमेत नियन्त्रणमा लिइ…