भक्तपुरमा प्रहरीको स्विप अप्रेशनः ३८ जना नियन्त्रणमा


काठमडौं – चाडपर्व लक्षित स्विप अप्रेशनमा भक्तपुरबाट ३८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  कात्तिक १५ गते ३८ जनालाई पक्राउ गरेको हो ।  

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चाडपर्वको समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो।