काठमाडौं – सप्तरीको डाक्नेश्वरी नगरपालिका–३, हटेलस्थित सीमा नाकाबाट स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
कात्तिक १४ गते सशस्त्र प्रहरी बलबाट खटिएको मोबाइल गस्ती टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ २ लाख ९५ हजार ३४५ र भारतीय रुपैयाँ ८६ हजार ६९० बरामद गरिएको छ। रकमसहित उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका दुवै भारतीय नागरिक, बरामद रकम तथा मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया