मकर जितुमाया सुरी हाइड्रोपावरको १३ प्रतिशत लाभांश घोषणा


काठमाडौं – मकर जितुमाया सुरी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। सोमध्ये १३ प्रतिशत बोनस शेयर ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ।

कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय सो दरमा शेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो।

सो लाभांश नेपाल विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।