काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले पाँच जना संस्थापक शेयरधनीको नाममा रहेको ८२ हजार ९६५ कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले सो शेयर बिद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।
उक्त शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कार्यालयमा निवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया