तोलामा २ हजार ३ सय रुपैयाँ महँगियो सुन


काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ। अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ तय गरेको छ।

अघिल्लो दिन २ लाख ७२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाउ तोलामा ७० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७२० रुपैयाँ कायम भएको छ।