काठमाडौं– कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत १५ जनाले १ लाखका दरले पुरस्कार पाएका छन् । आन्तरिक राजस्व विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार छनोट भएका १५ जना विजेताले १ लाख पुरस्कार पाउने भएका हुन् ।
विभागले दैनिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । कात्तिक १ देखि १५ गतेसम्मको १५ जना र एक जना बम्पर गरि १६ जना विजेता आज घोषणा गरेकाे हो ।
विभागका अनुसार बम्पर उपहारस्वरूप रु. १० लाख प्राप्त गर्ने भाग्यशाली विजेताका रूपमा कुपन नम्बर ०९८०४६५५८१७५ छनोट भएको छ।






About Us
प्रतिक्रिया