काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षका लागि शेयरधनीहरूलाई कुनै पनि प्रकारको प्रतिफल नदिने भएको छ। संस्थाको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट स्वीकृत भएर आएपछि वित्तीय विवरण अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ
संस्थाले पाँच आर्थिक वर्षदेखि लगातार शेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण गरेको छैन। संस्थाले आर्थिक वर्ष २०७७/८८ मा शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।





About Us
प्रतिक्रिया