मोरङबाट २३ लाख २० हजार रुपैयाँ बराबरका सयपत्री फूलका माला बरामद


काठमाडौं – मोरङबाट अवैध रूपमा भण्डारण गरिएका २३ लाख २० हजार रुपैयाँ बराबरका सयपत्री फूलका तयारी माला बरामद गरिएको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र सीमा सुरक्षा गुल्म रानीबाट खटिएको संयुक्त टोलीले उक्त माला बरामद गरेको हो।

प्रहरीले विराटनगर महानगरपालिका–५, गोग्राहास्थित स्टन कोल्ड स्टोर प्रालिमा खानतलासी गर्दा अवैध रूपमा भण्डारण गरिएका ३०५ पोका सयपत्री फूलका तयारी माला फेला पारेको छ।