नवनियुक्त आईजीपी केसीले आजै दर्ज्यानी चिह्न लगाउने


काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ। ३४औँ आईजीपी केसीलाई बुधबार साँझ दर्ज्यानी चिन्ह प्रदान गरिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

गृह सचिव केदारनाथ शर्माले उनलाई फुली लगाइदिनेछन्। यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई हटाउँदै केसीलाई प्रहरी प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।