बैंकिङ्ग कसुर मुद्दामा १ करोड २० लाख बिगो तोकिएका महम्मद नसिम प्रहरीको फन्दामा 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा १ करोड २० लाख बिगो तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं बस्ने महम्मद नसिम रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता भएको बैंकिङ्ग कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा फरार रहेका नसीमलाई जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाईकाठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरिएको हो। नसीमलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।