रोजगारीको लागि विदेश पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने चार जना पक्राउ


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने चारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङकी आशिका सिम्खडा, उदयपुरका विष्णु खत्री, सिन्धुलीका दिनेश पाख्रेन तामाङ र गोरखाका राजेश बराम रहेका छन् । 

प्रहरीकाअनुसार, सिम्खडाले युके पठाइदिन्छु भन्दै ७ लाख ५० हजार, खत्रीले मल्टा पठाइदिन्छु भन्दै ६ लाख, तामाङले युएई पठाइदिन्छु भन्दै २ लाख र बरामले सिंगापुर पठाइदिन्छु भन्दै १५ लाख ५० हजार ठगी गरी फरार रहेका थिए । 

उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको छ।