फिदिम बजार शाखा स्थानान्तरण गर्न घर खोज्दै एनआईसी एशिया बैंक


काठमाडौं – एनआईसी एशिया बैंकले पाँचथरको फिदिम शाखा कार्यालय स्थानान्तरण गर्न घर वा फ्ल्याट भाडामा लिने भएको छ। बैंकले फिदिम बजार क्षेत्र आसपास उपयुक्त घर वा फ्ल्याट उपलब्ध गराउन इच्छुक घरधनीसँग सिलबन्दी बोलपत्रमार्फत प्रस्ताव माग गरेको हो।

बैंकले शाखा स्थानान्तरणका लागि करिब २ हजारदेखि ३ हजार वर्ग फिट क्षेत्रफल भएको घर वा फ्ल्याट आवश्यक रहेको बताएको छ। इच्छुक घरधनीले  आजको १५ दिनभित्र बोलपत्र पेस गर्न सक्छन् । प्रस्तावित भवनमा सवारी पार्किङ, जेनेरेटर तथा एटीएम राख्न पर्याप्त स्थान र पानीको सुविधा हुनुपर्नेछ ।

घरमा कुनै किसिमको मुद्दा मामिला वा स्वामित्वसम्बन्धी विवाद नभएको हुनुपर्ने बैंकले जनाएको छ ।