महालक्ष्मी विकास बैंकको लमही, रुकुम र अमरपथ बुटवल शाखा स्थानान्तरण


काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले लमही, रुकुम र अमरपथ बुटवलमा रहेका आफ्ना तीन शाखा कार्यालय स्थानान्तरण गरेको छ। बैंकले आज अर्थात् कात्तिक १६ गतेदेखि लागू हुने गरी उक्त शाखाहरूलाई सोही नगरपालिका तथा वडाभित्रका नयाँ स्थानमा सारेको हो ।

बैंकले दाङको लमही नगरपालिका–५ स्थित शाखा साबिकको कार्यालयबाट ५०० मिटर पश्चिमतर्फ स्थानान्तरण गरिएको छ। त्यसैगरी, रुकुमको मुसिकोट नगरपालिका–१ स्थित शाखा साबिकको स्थानबाट ५५० मिटर उत्तरतर्फ सारिएको छ भने रुपन्देहीको अमरपथ बुटवलस्थित शाखा बुटवल उपमहानगरपालिका–६ मा साबिकको कार्यालयबाट ४५० मिटर उत्तरतर्फ स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

शाखा स्थानान्तरणसँगै तीनवटै कार्यालयबाट नयाँ तोकिएको स्थानमा सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन हुने बैंकले उल्लेख गरेको छ ।