मुगुमा विद्युत् विस्तार योजनामा ९ लाख बढी हिनामिना गरेको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित ८ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप पत्र विशेष अदालत, काठमाडौंमा दायर गरेको छ। आयोगका अनुसार हुम्लाको अदानचुली गाउँपालिका–कुकुर फाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका–३, भिईसम्म विद्युत् विस्तारका लागि विनियोजित रकमबाट वास्तविक कामभन्दा बढी मूल्यांकन गरी भुक्तानी गरेको उजुरीमाथि अनुसन्धान गरिएको…