काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका–६ बस्ने ४० वर्षीय सुबिन बैदार र काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने गोरखा घर भएका ३२ वर्षीय दुर्गा गुरूङ बस्नेत रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८३ असार ३२ गतेको फैसलाले बैंकिङ्ग कसुर मुद्दामा १ करोड ५१ लाख जरिवाना र १ वर्ष कैद सजाय ठहर भई फरार रहेका सुबिनलाई काभ्रे बनेपा नगरपालिका– ७ बनेपाबाट बुधबार पक्राउ गरेको हो।
यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका दुर्गालाई काठमाडौं नागार्जुन नगरपलिका – १ रानीवनबाट मंगलबार पक्राउ गरेको हो।
पक्राउमध्ये सुबिनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने दुर्गालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।





About Us
प्रतिक्रिया