बैंकिङ्ग सङ्कटपछि पाराग्वेका राष्ट्रपति पेनाको राजीनामा, ३० लाख निक्षेपकर्ताको बचत संकटमा

' निक्षेप फिर्ताका लागि पाँच दिनको समयसीमा तोकिए पनि जनआक्रोश मत्थर हुन सकेन'


काठमाडौं – बैंकिङ्ग सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिएका छन्। संसद्ले राजीनामा स्वीकृत नगरेकाले उनी पदमै रहेका छन् भने महाभियोग प्रक्रिया अघि बढाइएको छ।

पाराग्वेको केन्द्रीय बैंकले गम्भीर पुँजी अभाव देखिएपछि पेनासँग सम्बन्धित युएनो बैंक नियन्त्रणमा लिएको थियो। त्यसपछि पेन्सनभोगीसहित लाखौँ निक्षेपकर्ता आफ्नो रकम निकाल्नबाट वञ्चित भएका थिए। घटनापछि राजधानी असुनसियोनमा हजारौँ नागरिकले संसद् भवनबाहिर प्रदर्शन गर्दै रकम फिर्ता गर्न माग गरेका छन्। यसअघि प्रहरीसँग भएको झडपमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरिएको थियो।

बैंकको पेनाको स्वार्थको द्वन्द्व र पदको दुरुपयोग भएको आरोपमा सांसदहरूले उनीविरुद्ध सर्वसम्मतिले महाभियोग प्रक्रिया अघि बढाएका हुन्। राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत जनतासँग माफी माग्दै निक्षेपकर्ताको बचत सुरक्षित राख्नु आफ्नो प्राथमिकता भएको बताएका छन्। विवाद समाधानका लागि केन्द्रीय बैंकका अध्यक्ष कार्लोस कार्भालोको राजीनामा र निक्षेप फिर्ताका लागि पाँच दिनको समयसीमा तोकिए पनि जनआक्रोश मत्थर हुन सकेन।

Skip This