काठमाडौं – प्रहरीले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट भन्सार छली ल्याइएको १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ।
भारतबाट अवैध रूपमा भन्सार छली गरी ११ वटा हरियो ठुलो झोलामा मदिरा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ , प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त मदिरा फेला पारेको हो।
बरामद रक्सीमा ७५० एमएलका ७४२ बोतल ‘ओल्ड मंक’रम रहेका छन्। प्रति बोतल अनुमानित २ हजार रुपैयाँका दरले यसको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको छ। बरामद मदिरा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया