गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको दाबी गर्ने मल्ल पक्राउ, बैंकिङ्ग कसुरसहित ६ वटा मुद्दा

काठमाडौं - गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ घर भई,  काठमाडौंको कागेश्वरी मनोहरा बस्ने आशिष मल्ल भन्ने धर्मराज मल्ल रहेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोको वास्तविकता बुझ्न खोज्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार…